काठमाडौं – नेपाली क्रिकेट टोली आगामी खेल खेल्न शनिबार जिम्बाबे जाँदैछ । नामिबियामा सम्पन्न डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप छनौटमा परेको नेपाली क्रिकेट टोलिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सम्मान गरे । प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा खादा लगाएर सम्मान गरेका हुन्।

खेलाडीलाई सम्मान गरीसकेपछि मन्तब्य राख्दै प्रधानमन्त्री ओलीले ब्यग्यात्मक अभिब्यक्ति दिए । उनले भने जिम्बाबे हरारेमा तपाईँहरुले ठूला मान्छे देख्नुहोला डराउनुपर्दैन, तपाईँहरु क्रिकेट खेल्न जाने हो कुस्ती खेल्न जाने होइन। आत्तिनुपर्दैन। नआत्तिकन क्रिकेट खेलेर जितेर आउनुस् मेरो शुभकामना । आगामी शनिवार जिम्बाबेमा वर्ल्डकप क्वालिफायर खेल्न टोलि त्यस तर्फ जान लागकेो हो ।

उनले खेलाडीले खेल मार्फत देशको गौरव बढाउको भन्दै प्रशंसा गरे । खेलाडीलाई सम्मान गरेपछि प्रधानमन्त्री ओलीले राम्रो टिमलाई जितेर खेलाडीले देशको गौरव बढाएको बताए।

नेपालीहरु इतिहास देखि नै बहादुर जाति भएकाले त्यो बहादुरीको बाटोलाई खेलाडीले पछ्याएको बताए । इतिहाँसमा देश बचाउन तोपसँग खुकुरीले लडेर जितेको इतिहाँस छ अहिले खेलाडीले देशको नाम चिनाएका छन् भन्ने प्रशंसा गरेका थिए । ‘अहिले क्रिकेटमा पनि राम्रो टिमलाई जितेर गौरव बढाएको छ। म तपाईँहरुलाई प्रशंसा गर्न चाहन्छु’ ओलीले भने। उनले खेलाडीलाई अहिलेको सफलतालाई चित्त बुझाएर नबस्न र अझ अगाडी बढ्न सुझाव दिए । प्रधानमन्त्रीले सरकारका तर्फवाट गर्ने सहयोग सम्भव भएसम्म गर्ने बाचा गरेका छन् ।

ओलीले नामिबियामा उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायर खेल्ने नेपाली टोलीका खेलाडीलाई तीन लाख प्रदान गर्ने घोषणा समेत गरे।

यस्तै कप्तान पारसले नेपाली क्रिकेट अहिले आइसीसीको निलम्वनमा रहेको प्रधानमन्त्रीलाई जानकारी गराउँदै चाँडो समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताएका थिए। उक्त प्रसंगमा प्रधानमन्त्री ओलीले अभिभावक संस्था भए र विवादमा लाग्नु नहुने र खेलमा ध्यान दिनुपर्ने बताए।

कप्तान पारस खड्कासहित दीलिप नाथ, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह र ललित भण्डारी तथा प्रशिक्षक जगत टमाटा, म्यानेजर रमन विशवाकोटी र फिजियो दिनेश भट्ट कार्यक्रममा उपस्थित थिए। अन्य खेलाडी अहिले काठमाडौंमा नरहेका कारण उपस्थित हुन सकेनन्।

तपाईको प्रतिक्रिया