काठमाडौँ । सन्दिप लामिछाने नेपालका आशा गरिएका केही क्रिकेटर मध्येका एक हुन् । जम्मा १७ वर्षका यि चर्चित बलरले हालेको विश्वकप छनोट खेलमा आफ्नो प्रतिभा मात्रै देखाएनन् भारतीय चर्चित क्लब दिल्लीले आइपिएल खेल्नका लागी अनुबन्धित गरे लगत्तै उनको चर्चा विश्वभर चुलिएका बेला सनिदप फेरी एक पटक चर्चामा आएका छन् ।

उनी चर्चामा आउनुको कारण हो एउटा तस्विर । क्रिकेट क्षेत्रमा अग्रणी वेबसाइट इएसपिएन क्रिकइन्फोका रिपोर्टर पिटर डेला पेनाले खिचेको यो फोटोका कारण सन्दिपले संसारको दिल जितेका छन् । नेपाल र क्यानडाबीच भएको समूह चरणको खन्तिम खेललगत्तै खिचिएको एउटा तस्विरमा पराजित क्यानडाका चर्चित खेलाडी रोइरहेका थिए ।

सोही अवसरमा सन्दिपले रोइरहेका परवेजलाई सम्झाउन पुगे । सन्दिपको यो फोटो खिचेका रिपोर्टर पिटर डेला पेनाले ट्वीटरमा लेखेका छन् ‘अन्तिम बल बलिङ गरेका परवेज पिचमा पीडामा थिए तर जीतको उत्साहमा नलागी नेपालका सन्दिप लामिछानेले अर्काको पिडालाई पनि आत्मसाथ गर्दै पराजित खेलाडीलाई सान्तवना दिएको दृश्यले कसको मना नछोला ?

तपाईको प्रतिक्रिया