काठमाडौं – हिजो गुण्डा नाइके मनोज पुन भारतमा पक्राउ परेको समाचारहरु सबैतिर फैलिएका थिए ।प्रहरीको अथक प्रयासका बाबाजुत उनी भारतबाट पक्राउ परेको समाचार पढेको २४ घण्टा नबित्दै इन्काउण्टरमा मारिएको समाचार आएको छ ।

भनिएको छ, प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके मनोज पुनको इन्काउन्टर युवा संघका नेता दुर्गा तिवारीलाई पुनले पहिलो पटक हत्या प्रयास गरेकै ठाउँमा भएको छ ।

रुपन्देहीको देवदहस्थित प्रतापपुर भन्ने स्थानमा प्रहरीले राती करिब ३ बजेतिर इन्काउन्टर गरेको हो ।

रुपन्देहीको दवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमणमा परी भाग्न खोज्दा गोली चलाएको र घाइते पुनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

गुण्डा नाइके पुनको युवा संघका नेता दुर्गा तिवारीका अलावा व्यवसायी शरदकुमार गौचन, बसन्त पौडेललगायतको हत्यामा संलग्नता रहेको थियो ।

तपाईको प्रतिक्रिया