काठमाडौं, ९ फागुन । प्रहरीले चार वर्ष यता गरेको ६ वटा इन्कान्टरमा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गुण्डागर्दी तथा अपराधमा संलग्नलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी माथि जाइलाग्यो भने प्रहरीले इन्काउन्टर गर्ने गरेको छ ।

प्रहरी माथि जाइलाग्ने गुण्डालाई कारवाहीका क्रममा ५ जनाको ज्यान गएको हो । लामो समय देखि गुण्डागर्दीमा संलग्न भएर सर्वसाधारण र सरकारलाई समेत निकै सताएका गुण्डाहरु पछिल्लाृे समय इन्कान्टरमा पर्ने गरेका छन् ।

गुण्डागर्दीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भएर समाजमा त्रास फैलाउनेलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथिनै गोली चलाउने र अन्य भौतीक आक्रमण गर्ने गुण्डाहरु इन्काउन्टरमा परेका हुन् । अहिले सम्मको इन्काउन्टरमा गुण्डा नाइके दिनेश अधिकारी चरी, अर्का गुण्डा नाइके कुमार घैँटे, मनोज पुन, सोम घले, लागुऔषध दुर्वेशनी प्रविण खत्रीको मृत्यु भयो भने बाँकीलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ। मनोज पुन र उनका सहयोगी सोम आलेको इन्काउनटर सम्म आइपुग्दा यस्तो छ ो शिलसिला

भीमढुंगामा चरीमाथि पहिलो इन्काउन्टरः प्रहरीले २०७१ साल साउन २१ गते चरीलाई पहिलो इन्काउन्टर गरेको हो । काठमाडौंको भीमढुङ्गामा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई प्रहरीले इन्काउन्टर गर्यो । उनी मारिएका हुन् ।

दोस्रो इन्काउन्टरमा घैंटे मारिए स् प्रहरीले २०७२ साल भदौ ३ गते अर्का गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैँटेलाई पनि इन्काउन्टर गर्यो । ’ ‘घैँटे’सामाखुसीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका थिए ।

प्रवीण खत्रीमाथि तेस्रो इन्काउन्टरः ललितपुर कुसुन्तीका ३२ वर्षिय प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिए। प्रहरीका अनुसार खत्रीले गोली चलाएपछि जवाफी कारबाही गरेको तर खत्रीले आफैंले कन्चटमा गोली हानेको प्रहरीले दाबी गरेको छ। प्रहरीले खत्रीलाई हतियार र लागू औषधको कारोवार गर्दै आएको अभियोगमा इन्काउन्टर गरेको हो । उनलाई खत्रीकै घरमा घेरा हालेर पक्राउ गर्न खोज्दा खत्रीले आफै कञ्चटमा गोली हानेको प्रहरीको दावी छ ।

जसवन्त राईमाथि चौथो इन्काउन्टर २०७३ साल असारमा गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो। उनलाई कालीमाटी तथा कंलकी क्षेत्रमा हप्ता असुली गर्ने अभियोग छ । उनी इन्काउन्टरमा घाइते भएका थिए । राईको खुट्टामा गोली हानिएको थियो ।

तपाईको प्रतिक्रिया