काठमाडौं,१० फागुन । विभिन्न देशका प्रहरीलाई छक्काउदै नेपाल आइपुगेको कोरियन अपराधिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको कोरियन अपराधीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार सँगै ठगीमा समेत संलग्न कोरियन अपराधी सिउन ओन ली नेपालमा पक्राउ परेका हुन् । उनलाई पोखरा प्रहरीले त्यहाँको एक होटलबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । तर प्रहरीले भने यस विषयमा सार्वजनिक अभिब्क्ति दिएको छैन ।

उनलाई केही दिनअघि पक्राउ गरिएको भए पनि ढिलो गरी सूचना प्राप्त भएको छ । एम २५११२९९ नम्बरको पासपोर्ट लिएर उनी केही दिन देखि पोखरामा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया