काठमाडौं – इंडियन प्रिमियर लिग (आईपीएल)मा नेपाली युवा क्रिकेटरले खेल्ने निश्चित भएको छ । आईपीएल अक्सनको दोस्रो दिन दिल्ली डेयरडेविल्सले सन्दीप लामिछानेलाई २० लाख भारुमा क्लब भित्र्याएको छ । यससँगै सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका छन् ।

चितवनबाट क्रिकेट यात्रा सुरु

छोटो समयमा क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने सन् २००० मा जन्मिएका हुन् । सन् २०१४ को नोभेम्बरमा क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट उनले क्रिकेट सिके । क्रिेकट क्लबमा भर्ना भएको दुई वर्षमै उनी राष्ट्रिय टीममा पर्न सफल भए ।

उनले सन् २०१६ मा नेपाली क्रिकेटमा डेब्यू गरेका थिए । तल्कालीन नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले चितवनमा सन्दीपको खेल देखेर उनको काठमाडौं यात्रा तय गराएका थिए । त्यसपछि सन्दीपले पछाडी फर्केर हेर्नु परेन ।

तपाईको प्रतिक्रिया