काठमाडौं – माओवादीभित्र मन्त्री बन्ने आकांक्षीको सूची लामै छ। आकांक्षीको सूची बढ्ने मात्र होइन, सरकारमा पठाउन खोजिएका नेताहरूले पार्टीको भागमा पर्ने प्रभावशाली मन्त्रालयमै मात्रै आँखा लगाउन थालेका कारण पनि मन्त्रीहरूको विषयमा माओवादी टुंगोमा पुग्न सकेको छैन।

माओवादी नेता रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी भइरकेको छ। माओवादीबाट मन्त्रीको टुंगो हेडक्वाटरले लगाउनेछ। हेडक्वाटरमा अहिले अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मात्रै छन्।

माओवादीमा रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्की, बिना मगरलगायत आकांक्षी छन्।

एमाले–माओवादीबीच अर्थ एमाले र गृह माओवादीले लिने गरी समझदारी भएका कारण गृहमा माओवादीभित्रै आकांक्षी बढी देखिएका हुन्। जसकारण अध्यक्ष दाहालसमेत प्रेसरमा छन्। गृहमा सरकारको नेतृत्व गर्ने तयारीमा रहेका थापा र वर्षमान पुनको बढी जोड देखिन्छ। दाहाल थापाको नेतृत्वमा वर्षमानलाई पनि सरकारमा पठाउन चाहन्छन् तर दुवैको गृहमा दाबी रहेका कारण उनलाई निर्णयमा पुग्न अप्ठ्यारो परिरहेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया