काठमाडौँ – नेकपा एमालेसँगको एकतालार्इ लिएर विरोधमा उत्रिएका तीन नेतालार्इ नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्काशित गरेको छ ।

खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुती’ र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको जानकारी नेता अग्नि सापकोटाले दिए ।

त्यसैगरी बैठकले सरकारमा जान नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ । अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई यसको जिम्मा दिने निर्णय गरेको हो । कुन-कुन मन्त्रालय लिएर कुन-कुन नेतालाई पठाउने भन्नेबारे अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता सापकोटाले जानकारी दिए ।

बैठकमा यही फागुन ७ गते नेकपा एमाले सँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ

तपाईको प्रतिक्रिया