एजेन्सी – अमेरिकामा एक रोडियो कार्यक्रम सञ्चालिकाले रेडियोमा लाइभ कार्यक्रम सञ्चालन गर्दैगर्दा बच्चा जन्माएकी छन् । अमेरिकाको सेन्ट लुइसमा रहेको द आर्च रेडियो स्टेसनकी कार्यक्रम सञ्चालक क्यासीडे प्रोक्टरले लाइम कार्यक्रम सञ्चानल गरेकै बेला सन्तान जन्माएकी हुन् ।

यो कार्यक्रम चाउनका लागि स्टेशनमा विशेष व्यवस्था गरिएको थियो । सोमबार प्रोक्टरलाई प्रसव बेथा लागेको थियो । त्यसपछि रेडियो स्टेसनले अस्पताल भित्रैबाट कार्यक्रम सञ्चालनको व्यवस्था मिलायो । उनले कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माइन् । उनले यो अनुभव निकै उत्कृष्ट रहेको बताएको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया