अष्ट्रेलिया — अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले नेशनल पार्टीको नेताबाट समेत राजीनामा दिएका छन् । आफ्नै पार्टी कार्यालयमा काम गर्ने पूर्व कर्मचारीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकाथिए।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यँही सोमबार हुने पार्टीको बैठकबाट आफुले पार्टी प्रमुखबाट राजीनामा दिने जानकारी दिएका हुन्। उपप्रधानमन्त्री जोयसको आफ्नै पार्टी कार्यलयमा काम गर्ने एक पुर्व महिलासँगको प्रेम सम्बन्ध करिब ३ साताअघि सार्वजनिक भएको थियो। ती पुर्व कर्मचारी जोयसको बच्चाको आमा बन्न लागेको सार्वजनिक भएपछि उनी आलोचित बनेका थिए। विपक्षी तथा आफ्नै दलका केही नेताहरुले समेत उनले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।

स्थानीय पत्रपत्रिकाले क्यापिनमा उप्रधानमन्त्रीको गर्भ रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्री माल्कम टर्नबुल र जोयसका सहकर्मीले पनि उनको कडा आलोचना गरेका थिए ।

समाचार सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री टर्नबुलले कुनै पनि मन्त्रीहरुले आफुना कर्मचारीहरुसँग शारिरिक सम्बन्ध राख्न नपाउने बताएका थिए ।

तपाईको प्रतिक्रिया