काठमाण्डौ – मानव बेचविखनको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले प्रहरी समक्ष बयान दिएका छन् । नेपाली फिल्ममा चर्चित द्वन्द्व निर्देशक खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको हिरासतमा छन् ।

उनलाई गैरकानुनी रुपमा नेपालीहरुलाई विदेश पठाएको अभियोग लागेको छ । उनीसंग प्रहरीले बयान लिएको छ । प्रहरीसंगको बयानमा खड्गीले उनीहरुलाई कोरिया लगेको स्वीकार गरेका छन् ।

खड्गीले दिएको बयानमा अर्काे एक नया तथ्या फेला परेको छ । उनले प्रहरी समक्ष आफु जस्तै अरु कलाकारले पनि त्यसैगरी विदेश पठाउने गरेको बताएका छन् । उनले प्रहरी समक्ष भनेका छन् ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । उनले आफ्नो यो कामलाई अपराध हो भन्ने थाहा नभएको बताएका छन् ।

खड्गीको यो बयानबाट अन्य कलाकारले पनि अवैधानिक तरिकाले मानिसहरुलाई विदेश लैजाने गरेको देखाए पछि प्रहरी सामु अर्काे चुनौती थपिएको छ । खड्गीले विदेश पठाएका युवाहरु पीडित छन् वा छैनन् भन्ने विषयमा पनि अहिले सम्म केही खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया