काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा अहिले नायकहरुको आगमन बढिरहेको छ । चकलेटी अनुहार भएका नायकहरुको प्रवेशसँगै दर्शकले पनि उनीहरुलाइ रुचाएको पाइन्छ । अहिले, नेपाली चलचित्र क्षेत्रमा आएका नायकहरुमा को अगाडि भन्ने लडाइ पनि सुरु भएको छ । नायक अनमोल केसीदेखि प्रदिप खड्का, पल शाह हुँदै सलिनमान बनियाँसम्मको चर्चा नेपाली चलचित्र वृत्तमा खुबै छ ।

पल शाह एक चर्चित नेपाली नायक हुन् । उनको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनायो । उनले १५० भन्दा बढी भिडीयो गरिसकेका छन् । उनले यस क्षेत्रमा नाइँ नभन्नु ल ४ बाट डेब्यु गरेका हुन । उनि यस क्षेत्रमा २०१२ देखी हालसम्म कार्यरत छन् । पलले पेशागत जीवन म्युजिक भिडियो बाट शुरु गरेकी हुन् । हाल उनि चलचित्र अभिनय तर्फ अघाडी बढेका छन ।

तपाईको प्रतिक्रिया