काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकतासँगै नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ बहस सुरु भएको बताएका छन् । शुक्रबार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामराज रेग्मीद्वारा लेखिएको नेपालको इतिहासमाः एक माक्र्सवादी दृष्टिकोण नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी–एमालेबीचको एकतालाई जनताले दुई तिहाई बहुमतद्वारा अनुमोदन गरिसकेको बताए ।

उनले भने, मेरो नेचर पुल भत्काएर अघि बढ्ने छ, ०५२ पनि पुल भत्काएर अघि बढे, अहिले पनि पुल भत्काएर अघि बढिरहेको छु ।’ मुलुक स्थायित्व र समृद्धितिर गएपछि प्रतिक्रियावादीहरुले षडयन्त्र समेत गर्न सक्ने बताउँदै उनले त्यो बेला मदन भण्डारी र दरबार हत्याकाण्डजस्ता घटनाहरु हुनसक्ने समेत उनले आशंका व्यक्त गरे ।

तपाईको प्रतिक्रिया