काठमाडौँ । चर्चित हाँस्य कलाकार दिपक राज गिरिकि छोरी मौषमी गिरी र शुशील पण्डित आजदेखि बैवाहिक सम्बन्धमा बाधिएका छन् । नुवाकोटको बिदुर नगरपालिकाका मेयर सन्जु पण्डितका छोरासँग केहि वर्षदेखि प्रेम सम्बन्धमा रहदै आएकी मौषमीको माघ २४ गते इन्गेजमेन्ट भएको थियो, भने आज भब्य रुपमा विवाह भएको छ ।

जन्म दिएर, ताते ताते गर्दै पाइला चाल्न सिकाएको जुन सुकै पितालाई आफ्नी प्राणप्यारी छोरीको बिदाइ गर्नु पक्कै पनि एक कठिन कार्य हो र यस घडीमा जुन सुकै पिता भावुक हुनु स्वाभाविक पनि । यस्तै भावुक हुदै “हातका औलाहरु धेरै हुन्छन र त्यसका नाम पनि भिन्न भिन्न छन् मुटु एउटा हुन्छ र त्यसको नाम मुटु नै हो ” भन्दै दिपकले आफ्नो सामाजिक संजालमा छोरी मौशमिसँगको फोटो सार्वजनिक गरेका छन् ।

 

तपाईको प्रतिक्रिया