काठमाडौं – दीपक राज गिरी फेरि सम्धि बन्ने भएका छन् । केही महिना अघि मात्रै घरमा बुहारी भित्र्याएका दीपकराज छोरी अन्माउने तरखरमा छन् । दीपकराज गिरी र मेनुका गिरीकी एक्ली छोरी मौसमी गिरीको शुसिल पण्डितसँग विवाह भएको छ । केही दिन अघि मात्रै छोरीको सुटुक्क ईन्गेजमेन्ट गरिदिएका दीपकले छोरीको विवाह पनि सुटुक्कै गरिदिन लागेका हुन् ।

परिवारका गतिविधिलाई मिडियामा ल्याउन आफुलाई उचित नलागेको भन्दै उनले छोराछोरीको विवाहलाई मिडियाबाट टाढै राखेको बुझिएको छ । तर उनले शुक्रबार मात्रै सामाजिक सञ्जालमा छोरी मौसमीसँगको एक तस्बिर सेयर गर्दै माया दर्शाएका छन् । उनले घुमाउरो पारामा हातका औँला धेरै हुन्छन् र तिनको नाम पनि भिन्न भिन्न हुन्छन् तर मुटु एउटा हुन्छ र त्यसको नाम मुटु नै हुने उल्लेख गरेका छन् । उनले यसो भनेर विवाह बन्धनमा बाँधिन लागेकी छोरीप्रतिको माया दर्शाको प्रष्टै बुझ्न सकिन्छ ।

बैंगलोरबाट नर्सिङ गरेकी मौसमी अभिनयमा पनि सक्रिय छिन् । उनले टेलिश्रृङखला ‘तीतो सत्य’ र सिनेमा ‘छक्का पञ्जा २’ मा अभिनय गरेकी छिन् । ‘छक्का पञ्जा २’ मा उनलाई जितु नेपालको पूर्व प्रेमिकाको भूमिकामा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया