काठमाडौं । विश्वकप छनोट प्रतियोगिता खेल्न भोलि जिम्बाब्वे जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ६७औं जन्मदिनकै दिन नेपाली टोलीलाई सरकारका तर्फबाट तीन लाखको चेक र मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट एक लाख रुपैयाँ नगद हस्तान्तरण गरे।

विश्वकप क्रिकेट लिग डिभिजन दुईको शीर्ष दुईभित्र रहन सफल नेपाली क्रिकेट टोलीका १४ खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। यस्तै मदन भण्डारी स्पोर्ट एकेडेमीले जनही १-१ लाख दिने घोषणा गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान पारसले सम्पूर्ण खेलाडीहरुको तर्फबाट जन्मदिनको शुभकामना दिए । नेपाल विश्वकप छनोटमा पुगेसँगै क्रिकेटको माहोल तातेको भन्दै उनले राज्यले पनि खेलमा लगानी गर्ने बेला आएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको पाँच वर्षे कार्यकालमा क्रिकेट र फुटबल रंगशाला बन्छ भन्ने अपेक्षा छ ।’

खेलाडी कुनै पार्टीको नहुने भन्दै उनले देशका लागि खेल्ने र अझै ट्रफी जित्ने सपना रहेको बताए ।

तपाईको प्रतिक्रिया