काठमाण्डौ – माओबादी नेता गोपाल किराँतिले एमाले र माओबादीबीचको एकतालाई माओबादीको विलय हुने भन्दै पुष्प कमल दाहाल प्रचण्डले क्रान्तिबाट पाएको सफलतालाई बिर्सिएको बताए । शुक्रबार लाईट नेपालसंगको कुराकानीमा नेता किराँतिले प्रचण्डले क्रान्तिको मार्गलाई बिर्सिएपनि आफुले नबिर्सिएको र प्रचण्डलाई क्रान्ति के हो भन्ने कुरा भविष्यमा देखाउने चेताउनी दिए ।

बिहीबार नेकपा माओबादी केन्द्रद्धारा कारवाहीमा पारिएका नेता किराँतिले पार्टीले गरेको कारवाहीलाई आफुले पनि निकै नै गम्भिताका साथ लिएको बताए । उनले पार्टीले एउटा गोपाल किराँतिलाई कारवाही गर्नु भन्दा वेस बरु पार्टीको सिद्धान्त र नीतिलाई एकताको सुत्रमा बाँध्ने प्रयासमा दाहाल एण्ड दाहाल कम्पनी लागेको भए उचित हुने बताए ।

पार्टी कारवाहीमा परेकै भोलि पल्ट अर्थात शुक्रबार लाईट नेपालको साझा बहसमा कुराकानी गर्दै नेता किराँतिले पेरिस डाँडामा ठहराएको पार्टीे कार्यलय एमालेसंगको एकता पश्चात ढलाउनलाई होईन भन्दै पेरिस डाँडा अब दाहालको नरहेको र त्यही पेरिस डाँडाबाट नै क्रान्तिको अर्को विगुल फुकिने चेताउनी दिए । भिडियो सहित

तपाईको प्रतिक्रिया