सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पका बेला भागेर अझै सम्पर्कमा नआउने (फरार) कैदीबन्दीलाई भागे/भगाएको कसुरमा डेढी सजाय हुने फैसला सुनाएको हो ।

२०७२ बैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदीबन्दी भागेका थिए । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, भूकम्पका कारण भवन क्षतिग्रस्त बनेको थियो ।

भूकम्प कम्पनसँगै भवन भत्कन थालेपछि खोजेको बेला सम्पर्कमा आउन भन्दै कारागार प्रशासनले नै उनीहरुलाई छोडेको थियो ।

अदालतको फैसलाअनुसार अदालतबाट ४ बर्ष कैद सजाय पाएका कसुरदारले तीन बर्ष भुक्तान गरी भागेकोमा बाँकी एक बर्ष कैदमा डेढी बढाई अर्थात थप ६ महिना कैद भोग्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया