एजेन्सी । भारतीय चर्चित नायिका श्रीदेवीको शनिबार निधन हुनु अगावै बलिउड सुपरस्टार अमिताभ वच्चनले गरेको ट्विटले अहिले धेरैको मन छोएको छ ।

पति बोनी कपूर सानी छोरी खुशीका साथ एक वैबहिक कार्यक्रममा दुबई पुगेकी श्रीदेवीको गएराती हृदयघातका कारण ज्यान जानु अघि अमिताभले ‘थाहा छैन किन मलाई एक अनौँठो भान भइरहेको छ लेखेका थिए’ ।

ट्विटमा अमिताभले कस्तो खालको अप्ठ्यारो भन्ने बारे भने ट्विटमा केही खुलाएका छैनन् ।

अमिताभले ट्विट गरेको २० मिनेटपछि श्रीदेवीको ज्यान गएपछि भने भारतीय चर्चित स्टारहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। कतिपयले यो दिन बलिउडकै लागी कालो दीन समेत भनेर दुख ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया