काठमाडौं- यहि मिति २०७५ फागुन १४ गते बेलुकी करिब ८:२० बजेको समयमा डडेलधुरा आलिताल घुम्ती गोदाम बजारमा बसोबास गर्नुहुने श्री दुर्गा मा.वि. का शिक्षक उत्तम थापा मगरको घर पसलमा भीषण आगजनी हुँदा सबै जलेर नस्ट भएको छ । साथै कान्छी छोरी आरती थापाको असमाहिक निधन र जेठि निरुता थापा गम्भीर घाइते छिन् । उपचारको क्रममा हाल काठमाडौंको किर्तिपुर हस्पिटलमा आइ. सि. यु. मा उपचार चलिरहेको छ । तपाइको सहयोगले निरुताले अर्को जीवन पाउनेछिन् ।

सामाजिक सन्जालमा पोष्टहरु भाईरल भएपछि कलाकार, कार्यक्रम प्रस्तोता तथा शिशिर भण्डारी किर्तिपुर अस्पताल पुगे । छोरी र सम्पत्ति जलेपछि पिडामा रहेका उत्तमको कथा सुन्दै शिशिरले आफ्नो तर्फबाट ३ हजार सहयोग रकम बुझाए । तपाई सम्पूर्णलाई आफुले सकेको सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं । सहयोगका लागि उत्तम थापा- 9825753412 & 9868463502 शिशिर भण्डारी- 9811006929 भिडियो हेर्नुस-

तपाईको प्रतिक्रिया