काठमाडौँ, २१ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीचको भेटवार्तामा लगानी, व्यापार, पर्यटन, कृषि र मानव संसाधन विकास विषयमा छलफल भएको छ ।

दुई देशका प्रधानमन्त्रीहरु द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले आज राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । बैठकमा दुई देशका प्रधानमन्त्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को बडापत्रको भावनानुसार सार्क प्रक्रियालाई पुनःजीवन दिन आआफ्ना विचार आदानप्रदान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री अब्बासीसँग उहाँका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न हुनुहुन्छ । आज नेपालको दुईदिने भ्रमणमा आउनुभएका उहाँ मङ्गलबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी

नेपालको दुईदिने औपचारिक भ्रमणमा आज यहाँ आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिनुभएको थियो ।

प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच केहीबेरमै औपचारिक रुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुनेछ । छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार अपराह्न नेपाल आइपुग्नु हुँदा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । साथमा परराष्ट्र सचिव शंकरदास बैरागी । तस्बिरः रत्न श्रेष्ठ

नेपालको दुई दिने औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी लाई राष्ट«का तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्दै ।

नेपालको दुई दिने औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी लाई राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुडिखेलमा सम्मान १९ तोपको सलामी प्रदान गर्दै । तस्बिर ः रोशन सापकोटा

राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीद्वारा सैनिक मञ्च टुडिखेलमा प्रदान गरेको सम्मान गारत(गार्ड अफ अनर) ग्रहण गर्नुहुँदै नेपालको औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी तथा प्रधानमन्त्री केपी शमा ओली । तस्बिर ः रोशन सापकोटा

नेपालको दुई दिने औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासीलाई राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्दै । तस्बिर ः रोशन सापकोटा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दुई दिने औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी लाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्दै । तस्बिर ः रोशन सापकोटा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गर्नुहुँदै दुईदिने नेपाल भ्रमणमा रहनु भएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीलगायत । तस्बिर ः रत्न श्रेष्ठ

तपाईको प्रतिक्रिया