काठमाडौँ । अमेरिकामा एक नेपालीलाई गोली हानी विभत्स हत्या गरिएको छ । अमेरिकाको ड्यालसस्थित गारल्याण्डमा रहेको ग्यास स्टेसनमा काम गर्ने मनीष पाण्डेको एक लुटारा समुहले गोली हानी हत्या गरेको अमेरिकी संचार संस्थाहरुले जनाएका छन् ।

ड्यालस न्युजका अनुसार ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेसनमा शनिबार राति भएको लुटपाटमा उनको हत्या भएको गर्ल्यान्ड प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ग्यास स्टेशनका मालिक नकृष्ण पन्त हुन् । उनी पनि नेपाली हुन् । पन्त पाण्डेका मामा हुन् । ग्यास स्टेशनमा लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा पाण्डेलाई लुटेराहरुको समुहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यारा र लुटेराको खोजी भइरहेको गर्ल्यान्ड प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया