काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि ओली अस्पताल भर्ना भएका हुन् । बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली भर्ना भएका हुन् ।पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि नियमित उपचारका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन् ।

चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखेर उपचार गर्ने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको रगतको नमूना लिने काम भएको छ । यस्तै एक्स–रे सहित आवश्यक परीक्षणका काम भइरहेका छन् ।बिहीबार बिहानसम्म सबैको रिपोर्ट आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया