ताजा खबर :- मोटोपन बढ्नुका कारण अत्याधिक खाँनु र फिजिकल एक्टिव नरहनु मान्ने गरिन्छ । तर हाम्रो शरिरमा केहि यस्ता हार्मोन्स हुन्छन, जसको लेवल बिग्रनाले मोटोपन बढ्न थाल्दछ। यी ३ मोटोपन बढाउने हार्मोन्सलाई सन्तुलन राख्ने केहि उपायहरू यस्ता छन्।

१:-लेप्टिन लेप्टिन हार्मोन ब्रेनलाई यो संकेत दिन्छ कि शरिरमा एनर्जी छ वा छैन । यो हार्मोनको लेवल बढ्दा पटक-पटक भोक लाग्ने हुन्छ, जसका कारण वजन बढ्न थाल्छ ।

लेप्टिनको सन्तुलन -रेगुलर प्रोटिन डाइट लिनुहोस् । धेरैँ तेल र घिउ खान छोड्नुपर्दछ । -रेगुलर कम्तिमा २० मिनेट एक्सरसाईज गर्ने र हरेक दिन लगभग ७ घण्टाको प्रयाप्त निन्द्रा लिनुपर्दछ । -खानामा सुगर र फ्याट कमी गर्नुपर्दछ ।

२:-इन्सुलिन यो हार्मोन शरिरको फ्याट सेल्सलाई फ्याट स्टोर गर्ने संकेत दिन्छ । यदि यसको लेवल बिग्रन गएमा शरिरमा फ्याट बढ्दै जान्छ ।

इन्सुलिनको सन्तुलन -डाइटमा सुगर लिन कम गर्नुहोस् । -रेगुलर एकसरसाईज गर्नुहोस् । -मद्यपान र धुम्रपानको सेवन गर्नुहुँदैन ।

३:- कार्टिसोल यो हार्मोनले शरिरमा स्ट्रैस उत्पन्न गराउँछ । यो बढ्नाले मोटोपन पनि चाँडो बढ्दछ ।

कार्टिसोलको सन्तुलन -रेगुलर ३० मिनेट मेडिटेशन गर्नुहोस् । -कफी पिउँन कम गरि हेल्दी डाइट लिनुपर्दछ । -मद्यपान र धुम्रपानको सेवन गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया