काठमाडौँ — कतारस्थित नासिर अल अली इन्टरप्राइजेजले आफ्नो कम्पनीमा १० वर्षसम्म काम गरेका नेपाली कामदार नन्दबहादुर विश्वकर्मा र नरबहादुर मगरलाई जनही १५ हजार रियाल (झन्डै चार लाख ३५ हजार रुपैयाँ) दिई पुरस्कृत गरेको छ ।

कम्पनीका मालिक नासिर अल अलीले लामो समयसम्म सेवा पुर्‍याएकाले पुरस्कृत गरिएको बताए । कम्पनीले हरेक वर्ष आफ्ना कामदारलाई पुरस्कृत गर्दै आएको छ । विश्वकर्मा सन् २००८ देखि कम्पनीमा मेसनमा काम गर्दै आएका थिए । ‘यो रकम म मेरा बच्चालाई उच्च शिक्षाको लागि खर्च गर्नेछु,’उनले भने ।

 

ओखलढुंगाका मगरले आफ्ना समस्यालाई नजिकबाट बुझ्ने कम्पनी पाएकामा खुसी व्यक्त गरे । ‘केही समस्या पर्नासाथ कार्यालयमा आउनु भन्छ,’ उनले भने, ‘मैले कतारमा आफ्नै अभिभावक पाएजस्तो लाग्छ ।’कतार आएर गुणस्तरीय जिन्दगी बिताउन पाएको उल्लेख गर्दै उनले कम्पनीबाट प्राप्त रकमले गाउँमा जग्गा किन्ने योजना रहेको बताए । उनी कम्पनीमा स्कापफोल्डिङको काम गर्छन् । कान्तिपुरमा समाचार छ ।

तपाईको प्रतिक्रिया