काठमाडौं । ‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर …. भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन् । याे देखेर दर्शक छक्क परे । त्यसमाथि जब उनी नेपाली गीतमा छमछमी नाच्न थालिन्,तब दर्शकको आश्चर्यको सीमा नै रहेन । चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो ।

कार्यक्रममा राजदूत यान्छीसहित चिनियाँ विद्यार्थी पनि नेपाली गीतमा नाचेका थिए । उनीहरुले चिनियाँ भेषभुषासहित पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।

कार्यक्रममा महिला बालबालिका मन्त्री थममाया थापामगर प्रमुख अतिथि थिइन् भने प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य, कांग्रेस नेतृ आरजू राणालगायतका बिभिन्न दलका नेतृहरु सहभागी थिए ।

भिडियाे हेर्नुहाेस्

तपाईको प्रतिक्रिया