काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। आज सुनको मुल्य ३ सय रुपैयाँ बढेको हो। शुक्रबार ६० हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज बढेर ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया