काठमाडौं । अभिनेता आर्यन सिग्देल पिता बन्दै छन् । आउँदो वैशाखमा उनको सन्तान जन्मने बताइएको छ । आइतबार आर्यन पत्नि सपनाले आफ्नो फेसबुक पेजमा नायक आर्यन र आफ्नो गर्भसहितको तस्वीर सेयर गर्दै यसको जानकारी दिएकी छिन् ।

विवाहको पाँच वर्षपछि सन्तानलाई जन्म दिइरहेका उनीहरु निकै खुसी देखिन्छन् । तस्वीर हेर्दा आर्यन सिग्देल ‘गर्भे बेबी’सँग रमाइरहेका देखिएका छन् भने उनीहरुले आफ्नो सन्तानको लागि लुगासमेत किनिसकेको अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया