कोरिया – कोरियामा एक नेपाली युवाको मृत्यु भएको छ । रोजगारीको लागि कोरिया आएका उदयपुरका भुपाल राईको मृत्यु भएको हो । कोरियाको हासाङ्गस्थित एक मोटर पार्टस कम्पनीमा कार्यरत उनको शनिबार बेलुका हृदयघातका कारण मृत्यु भएको हो ।

साथिहरुसँगै खाना खाने क्रममा एक्कासी ढलेपछी उनलाइ उपचारको लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याईसके पश्चात् लगत्तै अस्पताल श्रोतले मृत घोषणा गरेको हो ।मृतक राईका श्रीमती र २ जना छोराछोरी छन् । अहिले उनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया