राजमा खानमा स्वादिलो मात्र नभई यो स्वास्थ्य सम्बन्धी समस्याको समाधानको लागी पनि लाभदायी हुन्छ । राजमाको खानाले हुने यी विशेष 5 फाइदाहरू यस्ता छन्, जानुहोस् ।

१- यो मस्तिष्क र नर्भस सिस्टमको लागी फाइदायुक्त हुन्छ । यसमा रहेको थियामिन दिमागको क्षमता बढाउनुको साथै अल्जाइमर जस्तो रोगबाट टाढा राख्न सहयोगी हुन्छ ।२- माइग्रेनको समस्यालाई राजमाको सेवनले निको पार्न सकिन्छ । यसमा रहेको फोलेट र म्याग्नेशियमले मस्तिष्कको क्षमतालाई बढाउनुको साथै माइग्रेन जस्ता गम्भीर समस्याको समाधानमा सहयोगी हुन्छ ।

३- यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले फ्री रेडिकलबाट बचाउनुको साथै प्रतिरोधक क्षमता बढाउँछ ।४- राजमा प्रोटिनको भण्डार हो । यसको साथै राजमा म्याग्नेशियम, कर्बोहाईड्रेट, फस्फोरस, भिटामिन बी9, आयरन एवम अन्य आवश्यक पोशाक तत्वले भरिपूर्ण हुन्छ ।

५- राजमा मा रहेको घुलनशील फाइबर शरीरमा कार्बोहाइड्रेटको मात्रालाई कम गर्छ । राजमा प्रोटिनको पनि राम्रो स्रोत हो । जसकारण दुवै मिलेर ब्लड सुगरको स्तरलाई नियन्त्रण गर्नमा सहायक हुन्छ ।

तपाईको प्रतिक्रिया