काठमाडौँ – चर्चित जोडी आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । विवाहको तयारीमा रहेका यो जोडीको पछिल्लो समय निकै चर्चामा रहेका छन् ।सामाजिक सञ्जालमा पनि सधैँ सक्रिय रहने नायिका प्रियङ्का नायक आयुष्मान देशराजसँगको सम्बन्धको कारण पछिल्लो समय निकै चर्चामा आइरहेका छन् ।यो वर्ष गुपचुप इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारी गर्दैछ।यो जोडीले अब मनोरञ्जन क्षेत्रमा मात्र होइन सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएका छन् ।

सामाजिक काममा पनि सक्रिय बन्न यो जोडीले आयंका फाउण्डेसनको घोषणा गरेका हुन्।नेपाली युवा पुस्ताले निकै रुचाएकी प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिइन्छ ।अहिले प्रियङ्का हुनेवाला पति आयुष्मानसँग बाली, इन्डोनेसियामा छिन्। उनले रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन्।

तपाईको प्रतिक्रिया