काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। हिजोको तुलनामा आज सुनको मुल्य २ सय रुपैयाँ घटेको हो। हिजो प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज २ सय रुपैयाँले घटेर ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मुल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया