नेपालगन्ज । नेपालगन्ज घरबारीटोलस्थित कान्तिपुर कलेक्सनले सोमबारदेखि मिनि स्वरुम सञ्चालनमा ल्याएको छ । आप्mनो न्यू ब्राण्डका रुपमा लाईभस्टाईल मिनि स्वरुम सञ्चालनमा ल्याइएको सञ्चालक विमल ढकालले बताए । सो स्वरुमको एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिका–२ का वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र संघका नेपालगन्ज अध्यक्ष नन्दलाल बैश्यले संयुक्तरुपमा उद्घाटन गरे ।

युवापुस्तालाई लक्षित गरि ब्राण्डेड कपडा बिक्रीका लागि राखिएको सञ्चालक ढकालले बताएका छन । छाटो समयमा नै आफ्नो व्यवसायलाई उचाइमा पु¥याउन सफल कान्तिपुर कलेक्सनले आफ्नो नयाँ व्यवसाय थप गरेको सन्चालक ढकालको भनाई छ । युवा वर्गलाई लक्षित गरी उनीहरुको आकर्षण बढाउन कान्तिपुर न्यु लाइफल स्टाइल फेन्सी आइटम सहित व्यवसाय सुरुवात गरेको हो ।

ढकालले परिवर्तित समय र युवाको आकर्षण अनुसारको सामानहरु एकै ठाउँमा उपलब्ध गराउन न्यु लाइफ स्टाइलका नाममा फेन्सी व्यवुसाय सुरु गरेको बताएका छन् । युवाहरुको माग अनुसारका स्वदेशी तथा विदेशी तयारी पोशाकहरु राखिएको न्यु लाइफस्टाइलमा अन्य ठाउँमा भन्दा राम्रो र सहुलियतमा प्राप्त गर्न सक्ने ढकालको भनाइ छ ।

तपाईको प्रतिक्रिया