काठमाडौं । भारतीय चर्चित सुपरस्टार सलमान खान नेपाल आउने नयाँ मिति तय भएको छ । यसअघि फागुन २६ मा नेपाल आउन लागेका सलमान अन्तिम समयमा आएर रोकिएका थिए ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि स्थगित भएको उनको कार्यक्रम अब मे ५ लाई नायँ मिति तोकिएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले ताजाखबरलाई जानकारी दिए ।

आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङका अनुसार दबंग द टुरु नाम दिइएको यो कार्यक्रम यथास्थनमा नै टुँडिखेलमा हुनेछ । कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले बताए । आयोजकले सलमान खानको टोलीलाई ५ करोड भन्दा बढी रकम दिइसकेको छ ।

तपाईको प्रतिक्रिया