काठमाडौँ । सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि मृत्यु भएका ४९ जनामध्ये पोखरा लेखनाथ महानगरपालिका सञ्जय पौडेल पनि रहेको पुष्टी भएको छ । सोमबार बंगलादेशबाट फर्किएका आफ्ना छोरा लिन काठमाण्डौ पुगेका ६ जरेवरका दामोदर पौडेल खुशी हुँदै छोराको प्रतिक्षामा थिए । तर उनको खुशीले सार्थकता नपाउँदै उनी जिन्दगी भरका लागी निराश बन्न पुगे कारण थियो छोरालाई देख्न नपाई उनको ज्यान गयो ।

युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुदाँ बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै दुर्घटनामा परेर छोराले ज्यान गुमाएपछि अहिले परिवार ठूलो शोकमा डुबेको छ ।

सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए । सबै पढाई पूरा गरेर अगाडि डा। थपेर आएका सञ्जय आफ्नो भूमि टेक्न नपाउँदै परलोक भए । उनको मृत्युले गाउँबासी, आफन्त शोकमा छन् । दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् । ४९ जनाको मृत्यु भएकोमा ३३ नेपाली चढेकोमा २२ जना नेपालीको मृत्यु भयो भने ११ नेपाली घाईते छन् ।

तपाईको प्रतिक्रिया