काठमाडौं – सोमबार काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका र घाइतेहरुका आफन्त बंगलादेशवाट काठमाडौं आएका छन् । मृतक र घाइतेका आफन्त बोकेर बंगलादेशबाट जहाज काठमाडौंका लागि उनीहरु आएका हुन् ।

४६ जना आफन्त र ७ जना सरकारी अधिकारी बोकेर यूएस बंगलाको विशेष विमान हजरत सहजलाल विमानस्थलबाट काठमाडौंका लागि उडेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यूनले जनाएको छ ।

सोमबार काठमाडौंमा भएको जहाज दुर्घटनामा ५० जनाको ज्यान गएको थियो । चालक दलका सदस्यबाहेक दुर्घटनामा २१ जना बंगलादेशी नागरिकको ज्यान गएको पुष्टि भएको छ ।

विमान दुर्घटनामा मृत्यु भएका परिवारका आफन्तहरु शव बुझ्न अस्पतालमा छन् । कति वेला भक्कानिन्छन्, कतिवेला सम्हालिन्छन् ।

मंगलवार शिक्षण अस्पताल परिसरमा एकजना महिला भक्कानिदै आइन् । उनी थिइन् पार्वती अधिकारी । तनहुको दमौलीबाट दाजूलाई भेटन् आएकी । सोमवारको विमान दुर्घटनामा उनका दाजु हरि शंकर पौडेलको निधन भएको थियो ।

उद्धार गरेर शुरुमा काठमाडौं मेडिकल कलेजमा राखिएका उनको उपचारका क्रममा निधन भएको थियो । तर बहिनी पार्वती लगायत उनका परिवारले मृत्युको खबर पत्याउन सकेका छैनन् । हरि शंकरका दाजु हरिचरण पनि शिक्षण अस्पतालमा टोलाइ रहेका छन् । ‘हिजो नै फोन गरेको थियो । ३ बजे काठमाडौं आउछु र गाडी लिएर भाउजुलाई भेटन आउछु भनेको थियो’ दाजु हरिचरणले भने, ‘खुट्टा भाचिएर घरमा बसेकी भाउजुलाई भेटन आउछु भनेको थियो, तर यस्तो दुखद् घटना भयो ।’

तपाईको प्रतिक्रिया