काठमाडौ –यूएस बंगलाको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटना हुँदा धेरै जीवनले यो जगत त्याग्नु प¥यो । परिवारमा पीडाको पहाड खस्यो । अनि खुसी दैवले खोसेर लग्यो । तर, त्यहि दैवले कसैको जीवनमा पुनःजन्मको अध्याय पनि सुरु गरिदियो ।

विनिता हुमागाई । उमेर २७ वर्ष । काठमाडौंको शान्तिनगर बस्ने २ छोराकी आमा हुन् उनी । यतिबेला उनमा उत्साहको सीमा नै छैन । जीवनका धेरै ठूलो लडाई जिते जस्तो भएको छ । हुने नै भयो किनकी उनले यहि जीवनमा डुब्न लागेको घाम फेरि उदाएको जो देख्न पाएकी छिन् ।

तपाईको प्रतिक्रिया