काठमाडौँ । विमानमा एक महिलाले आफ्नो बच्चा विमानस्थलको टर्मिनलमा नै भुलेपछि विमान बिच बाटोबाटै फर्किएको छ । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ उडेको विमानमा एक महिलाले आफ्नो बच्चा विमानस्थलको टर्मिनलमा नै भुलेकी हुन् । विमानमा नै ती महिलाले आफ्नो बच्चा भुलेपछि आफ्नो बच्चा हराएको विमान चालक दलका सदस्यालाई जानकारी गराइन् ।

ती महिलाले गरेको कुरा र आग्रहपछि पाइलटले विमानस्थलमा फर्कन एयर ट्राफिकलाई कन्ट्रोलर आग्रह गरे ।किंग अब्दुल अजिज अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा ती महिलाले आफ्नो बच्चा छोडेकी हुन् । फ्लाइट ट्रयाकिङ डाटाले उक्त विमान एक घण्टा ढिलो उडाइएको थियो । त्यस्तै गत वर्ष पनि एक जोडीले आफ्नो बच्चालाई विमानस्थलमा नै छोडेका थिए ।

तपाईको प्रतिक्रिया