काठमाडौं – आज नेपाली बजारमा सुनको मुल्य घटेको छ।हिजोको तुलनामा आज सुन १ सय रुपैयाँले घटेको हो।हिजो प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मुल्यमा भने कुनै परिबर्तन भएको छैन । आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया