काठमाडौं – कतारमा एक नेपाली युवाको मृत्यु भएको छ ।वैदेशिक रोजगारीका लागि कतार पुगेका रोल्पाका एक युवाको मृत्यु भएको हो । उनको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।मृत्यु हुनेमा रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगर रहेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा पुगेका युवाहरूको सङ्गठन अन्तर्राराष्ट्रिय रोल्पाली सेवा समाजका अनुसार उनको सडक दुर्घटनापछि घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव नेपाल ल्याउन नेपाली दूतावासमार्फत पहल थालिने सङ्गठनका केन्द्रीय अध्यक्ष सन्दीप थापाले बताएका छन् । पृथ्वी बुढामगरले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया