पछिल्लो समय युवाहरु स्वदेश छाडेर विदेश पलायन भइरहँदा देशभित्रै समान्य काम तर लोभलाग्दो कमाई गर्नेहरुको कमी छैन । यसको गतिलो उदारण हो, रामेछापका निलप्रसाद कंडेल बाजे । उमेर ६० पुगिसक्यो तर उनमा अझै जोश जाँगर उस्तै छ । कमाई पनि निकै लोभलाग्दो छ, दिनमा २०० भन्दा बढी कप चिया बेच्छन् थर्मसबाटै ।

उनलाई व्याईनव्याई छ । शरीरले साथ दिए सम्म यही काममा निरन्तरता दिने सोच बनाएका यी बाजेले चिया बेचेरै जग्गा जोडिसकेका छन्। चावहिलको तरकारी बजार आसपास थर्मसमा चिया बेच्ने उनै बाजेले स्वदेशमै सम्भावना थुप्रै रहेको बताउँदै आफ्ना अनुभव यसरी सुनाए, हेर्नुहोस् भिडियो सहित….

तपाईको प्रतिक्रिया