निर्मल गजमेर शारीरिकरुपबाट अशक्त छन्। उनी कानकम सुन्नुको साथै आँखा देख्न सक्दैनन्। उनी जन्मजात नै दृष्टिविहिन भने हैनन्। उनलाई ब्रेनट्युमर भएपछि उनले आँखा देख्न छाडेका हुन्। आर्थिक अभावका कारण उपचार गर्न नसके पछि उनले जीवनबाट ठुलो हरेश खाएका छन्।उनी सन् २००८मा वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यहाँ राम्रो कमाई नभएपछि ४ वर्षको बसाई पछि घर फर्किए। उनी सानो रोजगार गरेर घर धानिरहेका थिए। गत जेठ महिना देखि उनको स्वास्थ्यमा अचानक समस्या आउँन थाल्यो। उनले आँखा धमिलो देख्न थाले र जाँच गराउन तीलेगङ्गा अस्पताल गए। डाक्टरले आँखा अप्रेशन गर्नुपर्छ त्यसअघि एमआरआई गर्न सल्लाह दिए। तर उनीसँग पैसा थिएन।

साथीभाईको सहयोगबाट टिचिङ्ग अस्पतालमा एमआरआई गरे। रिपोर्टमा टाउँकोको ट्युमरले आँखाको नशामा सुकाउदै लगेको र अप्रेशन पछि आँखा देख्न नदेख्ने चाहि भन्न नसकिने डाक्टरले भने। उनी त्यस दुखद खबर सुनेपछि निराश भए अप्रेशनमा पनि ७ लाख बुझाउनु पर्ने भयो।आफ्नो रोग थाहाँपाए पछि उनी डराएका छन्। उपचार पछि ठिक हुने ग्यारेन्टी नभएपछि औषधि पनि खाएका छैनन्। उनको मनोबल घटिरहेको उनले बताए। उनी विरामी भएको ११ महिना वितिसक्यो। टाउँको पोल्ने चिलाउने, दिव्रे हात लाटो हुने र आँखाको कोष दह्रो भएको जस्तो महसुस गरेको उनी बताउँछन।

उनले विदेशमा कमाएको पैसा घर खर्च मै टर्यो। अब भने उपचारका लागि उनीसँग पैसा छैन। उनकी श्रीमतीले पसल गरेर घर धानिरहेकी छिन्। उनका दुई छोरा एक छोरी छिन्। उनलाई दैनिक छाक टार्नै मुस्किल परिरहेको छ भने त्यति ठुलो रकम उपचारका लागि कसरी जुटाउने भनेर पिरोलिरहेका छन्। उनले मलाई बाच्न रहर छ मलाई बचाइदिनु भन्दै सहयोगको लागि अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया