एजेन्सी । बेला बेलामा कण्डमका अनौठा र रोचक खबरहरुले बजार तातिरहने गर्छ । यतिबेला चाइनिज कम्पनीले उत्पादन गरेको कण्डमका कारण जिम्बावेका पुरुषहरु ठूलो अप्ठ्यारोमा परेका छन् ।

कण्डम आफ्ना लागी सानो भएको भन्दै जिम्बाबेका पुरुषहरुले गुनासो गरेपछि यो कुराले जिम्बावेको स्वास्थ्य मन्त्रालयमा पनि विशेष स्थान पायो । कण्डम सानो भएको र जिम्बाबेका पुरुषहरुले लिंग कण्डमभित्र घुसाउन अप्ठ्यारो भएको भन्दै मन्त्रीले यो गुनासो चिनिया कम्पनीलाई पनि गरर्न भ्याएको समाचार छ ।

खबरका अनुसार जिम्बाब्बेको राजधानी हरारेमा भएको एक एचआइभी रोकथाम इभेन्टमा त्यहाँको स्वास्थ्य मन्त्री डेवीड परिरेन्यावाटाले यो भनेको हुन ।

उनले भने कि कण्डमलाई लिएर ‘वन साइज फिट फर अल’को कन्सेप्ट हो तर जिम्बाब्बेका पुरुष प्राय कण्डम सानो हुनुको कारण बताएर प्रयोग गर्न नसक्ने बताइएको छ । जिम्बाब्बेमा १३ लाख मानिस एचआइभीबाट संक्रमित छन् ।

तपाईको प्रतिक्रिया