काठमाडौँ । गुण्डा नाइके गणेश लामाका बुबा पाल्सागं लामाले छोरालाई प्रहरीले इन्काउन्टर गर्ने उदेश्यले पक्राउ गरेको आरोप लगाएका छन् । रिर्पोटर्स क्लबको साक्षत्कार कार्यक्रममा बोल्दै पाल्सागंले राज्यले आफ्नो छोरालाई ज्यादती गरेको बताए ।

गणेश लामालाई पक्राउ गरेको २ दिनपछि छोरालाई भेट्न जाँदा प्रहरीले ज्यादती गर्दै छोरासँग राम्रोसँग बोल्न समेत नदिएको आरोप लगाएका छन् । उनले संसदमा नेपाली सासंदलाई हिन्दीमा बोल्न छुट दिने यो सरकार र संसदले नेपालीको छोरो मलाई मेरो मातृभाषामा किन बोल्न दिएन ? भन्ने गम्भिर प्रश्न तेर्स्याएका छन् ।

राज्यले छोरालाई इन्काउन्टर गर्ने दुश्प्रयास गरेको खण्डमा आँफुले हदैसम्मको कठोर कदम चाल्ने चेतावनी दिएका छन् । उनले भने छोरा गणेशलाई अविलम्ब रिहा नगरिए आँफु आफ्नो ज्यान दिन तयार रहेको बताएका छन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया