एजेन्सी – माइकल केथेरिन ज्याक्सनको जन्म ३ अप्रिल १९९८ मा भएको हो । उनी पपस्टार माइकल ज्याक्सनकी छोरी हुन् । उनले एक अन्र्तवार्तामा आफु यौन उत्पिडनमा परेको खुलाएकी थिइन् । एक अपरिचित व्यक्तिले उनलाई यौनजन्य व्यवहार गर्ने गर्थे ।

त्यसबेला उनी लागुऔषधको लतमा फसेको पनि उनले खुलाएकी छिन् । साथै, त्यसबेला पेरिस ज्याक्सनलाई डिप्रेसन समेत भएको थियो । माइकल ज्याक्सनको मृत्युपछि उनी कति विक्षिप्त भएकी थिइन् भने पटक पटक आफैलाई समाप्त गर्ने प्रयास गरेकी थिइन् । उनले आफुले आत्माहत्याको प्रयास गरेको बताएकी छिन् ।

पेरिसले दावी गरेकी छिन्, ‘मेरो बुवाको मृत्यु स्वभाविक होइन । यो हत्या थियो ।’ सन् २००९ मा माइकल ज्याक्सनको हतया भएको उनको जिकिर छ । उक्त हत्या दोष डाक्टर कौनराडा म्युरेमाथि थोपरेकी छिन् ।

तपाईको प्रतिक्रिया