दमक – दमकमा एक मजदुर तारमा एक्कासी ११००० भोल्ट करेन्ट प्रवाह हुँदा गंभिर घाइते भएका छन् । दमकको लाइफलाइन अस्पताल अगाडि बिध्युत मर्मत गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह हुँदा २५ बर्षिय सुमन खत्री गंभिर घाइते भएका हुन् ।करेन्ट प्रवाह हुँदा झण्डै १५ मिनेट तारमा नै झुन्डिएका खत्रीको शरिरका बिभिन्न भागहरु डढेको छ ।

परिवार श्रोतका अनुसार उनलाइ उद्धार पश्चात लाइफलाइन अस्पतालमा भेन्टिलेटरमा राखिएको र हाल उनको भारत स्थित सिलगुडीमा उपचार भइरहेको छ । उनको साथमा अर्का १९ बर्षिय सुमन खड्का पनि घाइते भएका छन् । उद्धारका लागि छेउमा लिस्नो नै नभएका कारण झण्डै १५ मिनेट लागेको स्थानीयहरुको भनाइ रहेको छ । अस्पताल श्रोतका अनुसार खड्काको अवस्थामा भने सामान्य रहेको जनाइएको छ । हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया