मुम्बइ – बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले चुनाव लड्ने भएका छन् ।फिल्म क्षेत्रमा धेरै नाम कमाएका अभिनेता सञ्जय दत्तल अब राजनितिमा पनि आउने भएका छन् ।कारतिय मिडियाका अनुसार उनले आउने निर्वाचनमा चुनाव लड्ने बताइएको छ । ५९ वर्षीय सञ्जय दत्तले उत्तर प्रदेशको गाजियाबाद विधान सभामा चुनाव लड्न सक्ने बताइएको छ ।

भारतिय मिडियाका अनुसार अभिनेता सञ्जय दत्तले चुनाव लड्ने भनिए पनि यसको पुष्टि भने भइसकेको छैन । उनलाई एसपी वा बीएसपी जुनकुनै पार्टीले पनि पार्टीमा सहभागी बनाउने सम्भावना रहेको बताइएको छ ।यसअघि २०१३ मा फिल्म सुटिङका क्रममा सञ्जयले राजनीतिक दुनियाँ विल्कुलै फरक रहेको प्रतिक्रिया दिएका थिए । सञ्जय त्यो भन्दा पहिले समाजवादी पार्टीमा आवद्ध थिए । अभिनेता सञ्जय दत्तकी दिदि प्रिया दत्त लोकसभा सांसद भइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया