काठमाडौं, ५ चैत । केपी शर्मा ओलीको मन्त्रीमण्डलमा भारतीय प्रभाव स्थापित गर्न विवादास्पद व्यापारी उपेन्द महतोले निकै चलखेल गरेको हो । राष्ट्रिय मुद्दा उठाएर जिताएको वाम गठबन्धन भारतीय फोल्डमा गइरहेको महशुस भएको छ ।

एमालेका प्रभावशाली नेता इश्वर पोखरेललाई कामकाजी मन्त्रालय नदिएर केवल सम्मानित को नाममा भित्तामा पुर्याउने काम मात्र गरिएको छ । पोखरेल अर्थमा जाने सम्भावना रहँदा रहँदै कर्मचारीवृत्तबाट आएका एकजना प्राविधिक अथमन्त्री बनाएर राजनीतिक कमाण्ड कमजोर बनाइसकेको छ ।

अर्थमा नभएर ईश्वर पोखरेललाई विकासे मन्त्रालयमा लान सकिन्थ्यो । भौतिक पूर्वाधार प्रभावकारी मन्त्रालय हो । यसमा उपेन्द्र महतोका बहिनी ज्वाँइ रघुविर महासेठलाई अवसर दिएर लागिएको छ । भौतिकमा महासेठको आगमनले चीनसँग मिलेर नेपालमा सडक, रेल, बनाउने सम्भावना कमजोर भएको छ ।

भारतीय सरकारको स्वामित्वमा चलेको यूटिएल फोन आफ्नो पकडमा ल्याएका महतोका निकै निकट मानिएका माओवादी केन्द्रका नेता वर्षमान पुनलाई ऊर्जामन्त्री बनाउन महतो भिडेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । जर्नादन शर्मालाई ऊर्जामन्त्री बनाउनुपर्ने माग जनताको थियो । पुन मन्त्री भएसँगै कृत्रिम लोडसेडिङ हुने खतरारहेको चर्चा छ । इन्भर्टर व्यापारी, झोलामा खोला ओगट्नेहरुले अहिले पुनलाई घेरिरहेको चर्चा माओवादी केन्द्रभित्रैबाट सुरु भएको छ । साँघु साप्ताहिकमा खबर छ ।

.

तपाईको प्रतिक्रिया