खगेन्द्र दाहाल, नेपालगन्ज ०५ चैत । बाँकेका कुखुरा व्यवसायीहरुले भारतबाट भित्र्ने कुखुरा रोक्न सीमामा रहेका सुरक्षा निकायलाई आग्रह गरेका छन् । कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादु खत्रीको संयोजक्त्वको टोली सहितको डेलिकेसनले इलका प्रहरी कार्यालय जमुना, इलका प्रहरी कार्यालय हिरमिनिया, शसस्त्र सीमा सुरक्षा बल सिमा सुरक्षा कार्यालय महेन्द्रनगर, प्रहरी चौकी साई गाउँ, प्रहरी चौकि बेलभार र प्रहरी चौकि राधापुरका सीमा प्रहरीलाई भेटेर भारतबाट हुने अवैध कुखुरा नियन्त्रण गर्न ध्यानकर्षण गराएका हुन् । प्रत्येक शुरक्षा निकायको दैलोमा पुगेर कुखुरा व्यवसायिले अबैध कुखुरा नियन्त्रण गर्न आग्रह गरेका हुन ।

भारतिय कुखुरा भित्रिदा बाँकेमा कुखुरा पालनको अवस्था एकदमै दयनिय बनेको कुखुरा व्यवसायि सघंका सचिव इश्वर सुवेदीले जनाए । प्रहरीकै सेटिङमा भारतबाट प्रतिबन्धित पंक्षी र पंक्षीजन्य बस्तुहरु भित्रिरहेको भन्दै कुखुरा व्यवसायीहरुले त्यसलाई रोक्न प्रभावकारी ढंगबाट कदम चाल्न चेतावनी दिए । भारतीय खुलासीमाका कारण भारतबाट भित्रने कुखुरा सस्तो मूल्यमा विक्री हुँदा आफुहरु मर्कामा परेको कुखुरा व्यवसायीहरुको दुखेसो छ । शसस्त्र सीमा सुरक्षा बल सिमा सुरक्षा कार्यालय महेन्द्रनगरका एस पि फडिन्द्र राज पौडेलले कुखुरा व्यवसायिको गुनासो सुन्दै जनताले सहयोग गरे अबैध कुखुरा नियन्त्रण गर्न कुनै समस्या नभएको बताएका छन । एसपि पौडेलले कुखुरा व्यवसायीहरुलाई आस्वस्थ पार्दे भने‘खबर आउने वितिकै तस्करीहरुलाई तुरुन्त प्रकाउ गरीनेछ ।’ शसस्त्र सीमा सुरक्षा बल सिमा सुरक्षा कार्यालयले कुखुरा नियन्क्रण गर्नकै लागी पनि छुट्टै रणनिती तयार पारेको जनाएको छ । कुखुरा सगै तयारी मासु समेतको तस्करी हुने क्रम सुरु भैसकेको बताउदै एसपि पौडेलले विशेष शुरक्षा रणनिति अपनाएर एक हप्तामै नतिजा आउने गरी कार्य थालनी गर्ने प्रतिवध्धता जनाए ।

इलका प्रहरी कार्यालय जमुनाह पुगेका कुखुरा व्यवसायि सगं त्यहाका इन्चार्ज प्रहरी नायव निरीक्षक सुदिर कुमार खड्काले कुखुरा, अण्डा र चल्ला भित्रिन नदिन कुनैपनि कसर बाकि नराख्ने प्रतिबध्धता जनाए । २८ नम्बर पिलर देखि ३२ नम्बर पिलर सम्म आगामि दिनमा एउटापनि कुखुरा भित्रन नदिने प्रतिक्रिया दिए । इलका प्रहरी कार्यालय हिरमिनिया निमित्त इचार्ज असहि देव बहादुर केसीले अबैध कुखुरा भित्रिने समस्या प्रति आफुहरु गम्भिर भएको बताए । केसिले सुचना आएको खण्डमा प्रहर िरोकथाम तथा नियन्त्रण गर्न तत्पर रहेको जनाए । उनले प्रहरी समेत अबैध कुखुरा ओसार पसारमा मिलोमतो भएको पाइए स्वयम कारबाहिको दायरामा आउन तयार भएको बताए । प्रहरी कार्यालय हिरमिनियाको भागमा २४ नम्बर पिलर देखि २८ नम्बर पिलर सम्मको शुरक्षाको जिम्मा रहेको निमित्त इन्चार्ज केसीले जनाए ।

जमुनाह देखिको पश्चिमी इलाकामा रहेका प्रहरी चौकी साइगाउँका प्रहरी सहायक निरीक्षक भिम बहादुर वलिले चौविसै घण्टा डिउटिमा खटिदा पनि तस्करीहरुले लुकाई छिपाई भित्राउने गरेको बताए । प्रहरी चौकी साइगाउँको भागमा पिलर नम्बर ३२ देखि पिलर नम्बर ३६ पर्ने हुदा उक्त बाटोको सहायक बाटाहरु धेरै हुदाँ र कर्मचारीको अभाव हुदा नियन्त्रणमा समस्या भएको बताए । वलिललाई कुखुरा भित्रन हुदैन भन्ने थाहा भएपनि कुखुराको अण्डा भित्रन पाउने नपाउने भन्ने थाहा नहुदा अण्डा भने सजिलै चौकी छेउमै किनबेच भइरहेको थियो । प्रहर िचौकी बेलभार र प्रहरी चौकी राधापुरले पनि जनशक्ती अभावकै कारण अबैध कुखुरा नियन्त्रण गर्न कठिनाई भएको जनाएको थियो । प्रहरी चौकी राधापुरका इन्चार्ज मोहन कुमार भढेलले हिजो आज पनि अबैध कुखुरा प्रकाउ गरी क्वारेन्टाइन कार्यलयलाई बुझाइसकेको जनाएको छ । बाँकेमा दर्ता गरेरै २५० कुखुरा व्यवसायिहरुले कुखुरा पालन गर्दे आएका छन ।

तपाईको प्रतिक्रिया