काठमाडौँ, ५ चैत – श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कारवाही गरिने अठोट व्यक्त गर्नुभएको छ ।

रासससँग कुरा गर्दै मन्त्री विष्टले त्यस्तो खराब काम गर्नेबारे संस्थागत र व्यक्तिगत उजुरी दिन पनि आग्रह गर्नुभयो । यस क्षेत्रलाई नियमन र व्यवस्थापनका लागि दैनिक उजुरी सुनुवाइको व्यवस्था गरिएको र श्रम स्वीकृतिका लागि प्रदेश नं १ को इटहरी र प्रदेश नं २ को धनुषामा नयाँ कार्यालय खोलिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया